७ आश्विन २०८३, बुधबार | September 23, 2026

बयान दिन आयोग पुगे पूर्वगृहमन्त्री रमेश लेखक



काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते घटेका घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष आज (पुस १४) बयान दिन सिंहदरबार पुगेका छन् । ती दिन भएका घटनाबारे आयोगले सोधेका प्रश्नहरूमा उनले आफ्नो धारणा राख्नेछन् ।

लेखकको सचिवालयका अनुसार उनले आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गरी घटनासम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

भदौ २३ र २४ गते भएको तथाकथित ‘जेनजी आन्दोलन’ का क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न सरकारले गठन गरेको आयोगले यसअघि नै तत्कालीन सरकारी निकायका सरोकारवाला अधिकारीहरूसँग बयान लिइसकेको छ । सोही प्रक्रियाअन्तर्गत तत्कालीन गृहमन्त्री लेखकलाई पनि बयानका लागि पुस ८ गते औपचारिक पत्राचार गरिएको थियो ।

आयोगका अनुसार घटनाकालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अन्य सम्बन्धित सबै उच्च अधिकारीहरूसँग बयान लिइसकिएको छ । ओलीलाई भने हालसम्म बयानका लागि पत्राचार नगरिएको आयोग स्रोतले जनाएको छ ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाही र प्रदर्शनबीच भएको झडपमा ७६ जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा नागरिक घाइते भएका थिए । घटनापछि चर्को राजनीतिक र सामाजिक दबाब बढेपछि सरकारले स्वतन्त्र छानबिनका लागि आयोग गठन गरेको थियो ।

आयोगले घटनाको सत्यतथ्य पत्ता लगाई दोषी पहिचान तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझावसहित प्रतिवेदन सरकारलाई बुझाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११