३० भदौ २०८३, मंगलबार | September 15, 2026

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता



बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविरमा प्रतिकूल मौसमका बाबजुद नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ । आइतबार बुटवल उपमहानगरपालिका-६ र ७ मा सञ्चालन गरिएको शिविरमा जेष्ठ नागरिकसहित सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको हो ।

चिसो मौसमका कारण दैनिक जनजीवन प्रभावित भइरहे पनि स्वास्थ्य जाँचका लागि स्थानीयवासी बिहानैदेखि शिविरस्थलमा पुगेका थिए । शिविरको उद्घाटन गर्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरूलाई सामान्य स्वास्थ्य सेवाका लागि समेत अस्पताल धाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम सुरु गरेको बताए । उनले कम्तीमा वर्षमा दुई पटक यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नगर प्रमुख पाण्डेयले बुटवलका प्रमुख स्वास्थ्य संस्थामा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गरिएको उल्लेख गर्दै आगामी दिनमा प्रयोगशाला (ल्याब) सेवासहितको शिविर सञ्चालन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । “स्वास्थ्य नै जीवनको आधार हो, त्यसैले नागरिकको घरदैलोमै सेवा पुर्‍याउने हाम्रो उद्देश्य हो,” उनले भने ।

बुटवललाई स्वास्थ्य सेवाको दृष्टिले सुदृढ बनाउन उपमहानगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको उल्लेख गर्दै उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिने बताए । पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएकाले यस्ता शिविरले लुकेका रोगको पहिचान गर्न मद्दत पुग्ने नगर प्रमुख पाण्डेयको भनाइ थियो ।

बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार आइतबार वडा नं ६ मा ९८ जना र वडा नं ७ मा १०१ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन् । उनले पुस ७ गतेदेखि सुरु भएको शिविर नगरका १९ वटै वडामा क्रमशः सञ्चालन गरिने जानकारी दिए ।

वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीय तहबाटै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउँदा नागरिकले सरकार नजिक भएको अनुभूति गरेको बताए । “घरआँगनमै स्वास्थ्य सेवा पुग्दा जनतामा ठूलो राहत मिलेको छ,” उनले भने ।

बुटवल उपमहानगरपालिकाले अघि सारेको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको प्रतिक्रिया थियो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : २४ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज