१ चैत्र २०८२, आइतबार | March 15, 2026

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै



काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित अनुमोदन गर्दै आयोगमा बुझाउने निर्णय गरेको हो ।

बैठकपछि जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले जिल्लादेखि प्रदेश तहसम्मबाट आएका सिफारिसका आधारमा बन्दसूची तयार गरिएको बताए । उनका अनुसार पार्टीभित्र विभिन्न तहमा छलफलपछि तयार पारिएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रूप दिनेछन् । आवश्यक परे अध्यक्षले नाममा हेरफेर गर्न सक्ने अधिकार पनि बैठकले प्रदान गरेको छ ।

भट्टले समानुपातिक सूची तयार गर्दा समावेशी सिद्धान्तलाई केन्द्रमा राखिएको स्पष्ट पारे । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम तथा पिछडिएका क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी सूची तयार गरिएको उनको भनाइ छ । साथै पार्टीको योगदान, अनुभव र समर्पणका आधारमा पनि नामहरू समेटिएको जनाइएको छ ।

एमालेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै बन्दसूची बुझाउने तयारी पूरा गरिसकेको बताइएको छ । आजै सूची दर्ता भएसँगै आगामी प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको औपचारिक उम्मेदवारी प्रक्रिया एक चरण अघि बढ्नेछ ।

पार्टी स्रोतका अनुसार बन्दसूची सार्वजनिक भएपछि पार्टीभित्रको आन्तरिक तयारी थप तीव्र हुने र चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाइने छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ०९ बजे

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा