१४ पुस २०८२, सोमबार | December 29, 2025

जेसर्ट बुटवलको ७ औँ वार्षिक भेला सम्पन्न, उत्कृष्ट परामर्शदाता र संस्थाहरू सम्मानित



बुटवल । वैदेशिक अध्ययनका लागि जापान जाने विद्यार्थीहरूका लागि भाषा परीक्षा सञ्चालन गर्दै आएको जेसर्ट (J-CERT) बुटवलले आफ्नो सातौँ वार्षिक भेला सम्पन्न गरेको छ । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका उत्कृष्ट संस्था तथा व्यक्तित्वलाई सम्मान गर्दै वैदेशिक अध्ययनसम्बन्धी वर्तमान अवस्था र चुनौतीबारे छलफल गरिएको छ ।

भेलाको अवसरमा शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो । साथै जेसर्टमार्फत भाषा परीक्षा सञ्चालन गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न परामर्शदातालाई पनि सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई सही, तथ्यपरक र जिम्मेवार परामर्श दिनु अत्यन्त आवश्यक रहेको बताए । आर्थिक लाभका लागि अनैतिक कार्य नगर्न परामर्शदातालाई सचेत गराउँदै उनले गलत अभ्यास गर्ने संस्थालाई इक्यानले संरक्षण नगर्ने स्पष्ट पारे । पछिल्लो समय जापान अध्ययनप्रति विद्यार्थीको आकर्षण बढेसँगै परामर्शदाताको जिम्मेवारी झनै बढेको उल्लेख गर्दै उनले व्यवसायिक मर्यादा कायम राख्न आग्रह गरे ।

इक्यानका केन्द्रीय सदस्य तथा रुपन्देही संस्थापक अध्यक्ष देवकुमार कुंवरले विद्यार्थीलाई विदेश अध्ययनका चुनौती र अवसरबारे यथार्थपरक जानकारी दिनुपर्ने बताए । राज्यको नीति र कानुनी प्रक्रियाअनुसार काम गर्दै विद्यार्थीलाई मानसिक रूपमा पनि तयार पार्नुपर्नेमा उनले जोड दिए ।

जेसर्ट बुटवलका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठका अनुसार जापान अध्ययनका लागि भाषा परीक्षा सञ्चालन गर्ने जेसर्ट बुटवल सेन्टरबाट मात्र वार्षिक पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै आएका छन् । रुपन्देही जिल्लाका करिब एक सय परामर्श संस्थाबाट विद्यार्थीहरू परीक्षा दिने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा जेसर्ट अन्तर्गत सबैभन्दा धेरै विद्यार्थी सहभागी गराउने संस्थाका रूपमा बुटवल सेन्टर कलेजलाई प्रथम स्थानमा सम्मान गरिएको थियो । त्यस्तै दोस्रो स्थान हासिल गर्ने सुसुकी कन्सल्टेन्सी बर्दघाट र तेस्रो हुने आकारुई एजुकेसन कन्सल्टेन्सी बुटवललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जेसर्ट बुटवलका प्रबन्ध निर्देशक ओमप्रकाश श्रेष्ठले पछिल्लो समय जापान अध्ययनप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै अझ व्यवस्थित र जिम्मेवार ढंगले सेवा दिनुपर्ने आवश्यकता औंल्याए । उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरूले वैदेशिक अध्ययनलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउन सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ४१ बजे

उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा कसजू र केन्द्रीय सदस्यमा अर्याललाई प्रस्ताव

बुटवल । बुटवल उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ

माछापुच्छ्रे बैंक र स्मार्ट पे ‘साइप्रस’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

बयान दिन आयोग पुगे पूर्वगृहमन्त्री रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४