२२ भदौ २०८३, सोमबार | September 8, 2026

जेसर्ट बुटवलको ७ औँ वार्षिक भेला सम्पन्न, उत्कृष्ट परामर्शदाता र संस्थाहरू सम्मानित



बुटवल । वैदेशिक अध्ययनका लागि जापान जाने विद्यार्थीहरूका लागि भाषा परीक्षा सञ्चालन गर्दै आएको जेसर्ट (J-CERT) बुटवलले आफ्नो सातौँ वार्षिक भेला सम्पन्न गरेको छ । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका उत्कृष्ट संस्था तथा व्यक्तित्वलाई सम्मान गर्दै वैदेशिक अध्ययनसम्बन्धी वर्तमान अवस्था र चुनौतीबारे छलफल गरिएको छ ।

भेलाको अवसरमा शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो । साथै जेसर्टमार्फत भाषा परीक्षा सञ्चालन गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न परामर्शदातालाई पनि सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई सही, तथ्यपरक र जिम्मेवार परामर्श दिनु अत्यन्त आवश्यक रहेको बताए । आर्थिक लाभका लागि अनैतिक कार्य नगर्न परामर्शदातालाई सचेत गराउँदै उनले गलत अभ्यास गर्ने संस्थालाई इक्यानले संरक्षण नगर्ने स्पष्ट पारे । पछिल्लो समय जापान अध्ययनप्रति विद्यार्थीको आकर्षण बढेसँगै परामर्शदाताको जिम्मेवारी झनै बढेको उल्लेख गर्दै उनले व्यवसायिक मर्यादा कायम राख्न आग्रह गरे ।

इक्यानका केन्द्रीय सदस्य तथा रुपन्देही संस्थापक अध्यक्ष देवकुमार कुंवरले विद्यार्थीलाई विदेश अध्ययनका चुनौती र अवसरबारे यथार्थपरक जानकारी दिनुपर्ने बताए । राज्यको नीति र कानुनी प्रक्रियाअनुसार काम गर्दै विद्यार्थीलाई मानसिक रूपमा पनि तयार पार्नुपर्नेमा उनले जोड दिए ।

जेसर्ट बुटवलका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठका अनुसार जापान अध्ययनका लागि भाषा परीक्षा सञ्चालन गर्ने जेसर्ट बुटवल सेन्टरबाट मात्र वार्षिक पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै आएका छन् । रुपन्देही जिल्लाका करिब एक सय परामर्श संस्थाबाट विद्यार्थीहरू परीक्षा दिने गरेको उनले जानकारी दिए ।

कार्यक्रममा जेसर्ट अन्तर्गत सबैभन्दा धेरै विद्यार्थी सहभागी गराउने संस्थाका रूपमा बुटवल सेन्टर कलेजलाई प्रथम स्थानमा सम्मान गरिएको थियो । त्यस्तै दोस्रो स्थान हासिल गर्ने सुसुकी कन्सल्टेन्सी बर्दघाट र तेस्रो हुने आकारुई एजुकेसन कन्सल्टेन्सी बुटवललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जेसर्ट बुटवलका प्रबन्ध निर्देशक ओमप्रकाश श्रेष्ठले पछिल्लो समय जापान अध्ययनप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै अझ व्यवस्थित र जिम्मेवार ढंगले सेवा दिनुपर्ने आवश्यकता औंल्याए । उनले विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीहरूले वैदेशिक अध्ययनलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउन सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १२ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार