१४ पुस २०८२, सोमबार | December 29, 2025

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।

आज ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सबैभन्दा बढी रु २३ करोड दुई लाख ४१ हजार ९३६ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको तीन लाख दुई हजार नौ सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ५१ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ