१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

नेप्से परिसूचक आठ अङ्कले घट्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव ४३ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंक समूह शून्य दशमलव ०५, विकास बैंक शून्य दशमलव ४६, जलविद्युत् एक दशमलव ०२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ४५, लघुवित्त शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ६८ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ६५ करोड तीन लाख २२ हजार १६३ बराबरका रु २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : १४ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको