११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेप्से परिसूचक आठ अङ्कले घट्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव ४३ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंक समूह शून्य दशमलव ०५, विकास बैंक शून्य दशमलव ४६, जलविद्युत् एक दशमलव ०२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ४५, लघुवित्त शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ६८ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ६५ करोड तीन लाख २२ हजार १६३ बराबरका रु २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : १४ बजे

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको