२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने



बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा निःशुल्क च्याउका परिकार प्रदान गर्ने भएको छ ।

राष्ट्रिय च्याउ दिवस पुस १५ को अवसरमा बुटवल तिनकुने पानी टैंक अगाडीको स्थानमा च्याउका विभिन्न परिकार निःशुल्क रुपमा पस्किने, सर्वसाधारणहरुलाई च्याउका परिकारको स्वाद चखाउने गरी कार्यक्रम आयोजना गरिएको च्याउ उत्पादक किसान संघ केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका ईन्चार्ज कृष्णराज पोखरेलले जानकारी दिए ।

पुस १५ गते मंगलबार दिउँसो १२ बजेदेखि कार्यक्रम सुरुवात गरिने जसमा सहभागीताका लागि सर्वसाधारण र स्वादका पारखीहरुलाई निम्ता गरिएको ईन्चार्ज पोखरेलले जानकारी दिए ।

निःशुल्क रुपमा किसानबाट उत्पादन भएका विभिन्न च्याउका विशेष परिकारहरुको स्वादमा खुवाउने तयारी गरिएको च्याउ उत्पादक किसान संघले जनाएको छ ।

संघका प्रदेश अध्यक्ष राजन पौडेलका अनुसार किसानले स्वत स्फुर्त रुपमा आफुले उत्पादन गरेको च्याउका निःशुल्क परिकार बनाएर स्वाद उत्सवको रुपमा राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ०७ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि