२० भदौ २०८३, शनिबार | September 5, 2026

लुम्बिनी लायन्सले भोलि बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्दै



बुटवल । लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले बुटवल मण्डपमा पुस १६ गते बुधबार च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको हो ।

लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन आम खेलप्रेमी तथा संगितप्रमीहरुबीच खुशी साट्न भव्य कन्सर्ट गर्ने जनाएको हो ।

मंगलबार बुटवलमा लुम्बिनी लायन्सले पत्रकार सम्मेलन गरि खुशी साट्न र नयाँ सन् २०२६ वर्षलाई स्वागत गर्न कन्सर्टको आयोजना गरिएको बताएको हो ।

सेलेब्रेसन कन्सर्ट अन्तर्गत पुस १६ गते बुटवल मण्डपमा रहेको बुटवल ईन्टरनेसनल कन्भेन्सन सेन्टर (बीआईससीसी) को प्रांगणमा बुधबार साँझ ५ देखि १२ बजेसम्म बृहत कन्र्सट कार्यक्रम आयोजना गर्ने भएको हो ।

कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्याण्ड, बद्रि पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल, तेरिया पुन मगरलगायतले आआफ्नो प्रस्तुती देखाउने कार्यक्रम संयोजक शीत्तल शर्माले जानकारी दिए । क्रिकेटसँग जोडिएका खेलप्रेमीहरु तथा लायन्सका समर्थकहरूको सम्मान र खुशीयाली साट्नकालागि बुटवलका कार्यक्रम गर्न लागिएको शर्माले बताए ।

पत्रकार सम्मेलनमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला गरेको बताए । उनले त्यस क्रममा भ्रमण तथा आशीर्वाद ग्रहण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने प्रयास सफल भएको र सोही खुशीयालीमा कन्सर्टको आयोजना गरिएको अध्यक्ष जिसीले बताए । कन्सर्ट हेर्नका लागि प्रवेश शुल्क ५०० र १००० राखिएको बताउँदै टिकट खरिदकालागि इसेवा समेत प्रयोगमा रहेको बताए ।

कन्सर्ट हेर्ने दर्शक तथा खेलप्रेमीहरुका लागि बुटवलबाट सुनवल, भैरहवा र सालझण्डीबाट आउन र राती जानकालागि निःशुल्क बसको ब्यवस्था समेत गरिएको आयोजकले बताएका छन् । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाईनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : १३ बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन