१ चैत्र २०८२, आइतबार | March 15, 2026

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव



बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्न प्रस्ताव आएको बताएका छन् ।

एमालेको तर्फबाट रुपन्देही ५ का निवर्तमान प्रतिनिधि सभा सदस्य रहेका घिमिरेलाई रास्वपाको तर्फबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको उनले बताए ।

‘तपाईँले राम्रो काम गर्नु भएको छ, राष्ट्र र नयाँ शक्तिलाई तपाइँको आवश्यकता छ तपाइँबाट देशले धरै प्राप्त गर्न सक्छ, देश निर्माणमा योगदान गर्न नयाँ टीममा आउनुस् भन्ने कुरा आएको हो, घिमिरेले खबरकुरासँग भने, तर अहिलेसम्म निर्णय भइसकेको छैन, निर्णय भएमा तपाईलाई खबर गर्छु है ।

घिमिरेले बालेनको टीमबाट रास्वपामा समाहित हुने तयारी गरिसकेको उनी निकट स्रोतको दाबी छ । बालेनले घिमिरेलाई तिलोत्तमा नगर प्रमुख हुँदाका बेला उत्कृष्ट कार्य गर्दै आएको भन्दै गत प्रतिनिधिसभा निर्वाचनमा घिमिरेको पक्षमा बोलेका थिए ।

संघीयतापछिको तिलोत्तमा नगरपालिकाका संस्थापक नगर प्रमुख भएका उनी २०७९ मा रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ८ : ५२ बजे

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय