१७ पुस २०८२, बिहिबार | January 1, 2026

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त



काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बन्दै सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा लौकहीबजार तनाबग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । आक्रोशित स्थानीयवासीले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायरसमेत गरेको जनाइएको छ ।

घटना बिहीबार पुस १७ गते बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोलमा भएको हो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाउँदा सोही वडाका स्थायी बासिन्दा साह घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार रातिको समयमा सिटी सफारीमार्फत तस्करीको सामान ल्याइँदै गर्दा रोक्ने प्रयास गरिएको थियो । सो क्रममा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरिएको छ ।

विजय साहको मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हाल मृतकको शव उठाउन स्थानीयले अवरोध गरेका छन् भने प्रशासन र स्थानीयबीच प्रारम्भिक छलफल सुरु भएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १२ : ५५ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा