३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त



काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बन्दै सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा लौकहीबजार तनाबग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । आक्रोशित स्थानीयवासीले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् भने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायरसमेत गरेको जनाइएको छ ।

घटना बिहीबार पुस १७ गते बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोलमा भएको हो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाउँदा सोही वडाका स्थायी बासिन्दा साह घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार रातिको समयमा सिटी सफारीमार्फत तस्करीको सामान ल्याइँदै गर्दा रोक्ने प्रयास गरिएको थियो । सो क्रममा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरिएको छ ।

विजय साहको मृत्युको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हाल मृतकको शव उठाउन स्थानीयले अवरोध गरेका छन् भने प्रशासन र स्थानीयबीच प्रारम्भिक छलफल सुरु भएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  १२ : ५५ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र