१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस



काठमाडौं । प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर मौलिकताका लागि चेतना जगाउँदै विभिन्न कार्यक्रमसहित मनाइएको छ ।

दिवस मनाउने क्रममा मुख्य सहरमा राष्ट्रिय पोसाक तथा टोपी लगाएर प्रदर्शन गरिएको थियो । विसं २०७० पुस १७ गते काभ्रेपलाञ्चोकको बनेपामा केही युवाको सक्रियतामा सुरु भएको अभियानले अहिले देशव्यापी स्वरुप ग्रहण गरेको छ । यो दिवस पछिल्लो समय राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाललगायत संस्थाको नेतृत्वमा मनाउन थालिएको छ ।

दिवसका अवसरमा पुरुषले दौरा, सुरुवाल र महिलाले गुन्यू, चोली लगाएर प्रदर्शन गरेका थिए । दिवसका कार्यक्रममा पछिल्ला वर्षहरुमा सहभागिता बढ्न थालेको प्रतिष्ठानका अध्यक्ष राजानन्द बजगाईं माण्डव्यले बताए । पोसाकसँगै देशका सबै मौलिक संस्कृतिको संरक्षण गरिनुपर्ने अभियानमा लागेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले हाल करिब चार दर्जन जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । वेषभूषा, भाषाशैली एवं संस्कृतिका लागि सबै नेपाली मौलिक हुनुपर्ने लक्ष्यका साथ यो अभियान चलाइएको प्रतिष्ठानले जनाएको छ । यो १३औँ पोसाक तथा टोपी दिवस हो । विश्वभर फैलिएका सबै नेपालीलाई समेट्दै दिवसलाई अन्तरराष्ट्रिय नामकरण गरेको जनाइएको छ ।

पश्चिमा संस्कृतिले गाँज्दै गएपछि जनवरी १ तारिखकै दिन यो दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । राष्ट्रवादको नारा लगाउनेले नै नेपाली संस्कृतिलाई पन्छाउने गरेकाले चेतनामूलक जागरणका लागि यो दिवसले योगदान गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ८ : २५ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म