११ भदौ २०८३, बिहिबार | August 27, 2026

कार्यसम्पादन समिति बैठक बस्नुअघि देउवा शीर्ष नेतासँग छलफल गर्दै



काठमाडौं । केन्द्रीय कार्यसम्पादन समति बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकपक्षीय रुपमा विशेष महाधिवेशनको तयारीमा अघि बढेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आजदिउँसो ३ बजे बस्नेछ । त्यसअघि सभापति देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्जस्थित आफ्नो निवासमा बोलाएका हुन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि आफ्नो तर्फबाट रणनीति बनाउन देउवाले शीर्ष नेताहरुसँग छलफल परामर्श सुरु गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवशेनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनमा अघि बढ्न हिजो आह्वान गरेका थिए । पुष २७ गते विशेष महाधिवेशनका लागि उनीहरुले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शन हललाई बुकिङ समेत गरेका छन् भने प्रतिवेदन लेख्न भन्दै महामन्त्री थापा धुलिखेल गएका थिए ।

कार्यसम्पादन समितिको बैठकअघि थापाले समेत काठमाडौं फर्केर आफु निकट नेताहरुसँग छलफल गर्दैछन् ।

 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : ३२ बजे

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा