१८ पुस २०८२, शुक्रबार | January 2, 2026

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए



काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकामा सन् २०२५ केही सङ्ख्या बढेको हो । गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका छन्, जसमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट छ हजार ६०५, बङ्गलादेशबाट चार हजार ९८०, अष्ट्रेलियाबाट चार हजार ४१९, थाइल्याण्डबाट चार हजार २३४, बेलायतबाट तीन हजार ७९३, म्यानमारबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका छन् ।

यस्तै, छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ११ : ३९ बजे

नारायणगढ-गैँडाकोट आइकोनिक केबल-स्टेड पुल निर्माणले लियो गति

नारायणगढ । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त

गुल्मीको मालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको

सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य