काठमाडौँ । मेग्नस फर्मा प्रालि उत्पादन गरेको एक औषधी सेवा गर्न अयोग्य ठहरिएपछि औषधि व्यवस्था विभागले औषधि बिक्रीमा प्रतिबन्ध लगाउँदै बजारमा रहेको फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो ।
ब्याच नं ‘बिबी-२४००१’ को औषधि सेवन अयोग्य रहेको भन्दै विभागले बजारबाट फिर्ता गर्न भनेको हो । ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग सो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । विभागले उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।
राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा उत्पादकबाट उत्पादित ब्याच नं ‘बिबी-२४००१’ को ‘लेभोफ्क्स-५००’ औषधि न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको वितरण विभागमा पेस गर्न उद्योगलाई निर्देशन गरेको हो । उद्योगका बजार प्रतिनिधिहरूका जानकारीका लागि विभागले सूचना प्रकाशित गरिएको जनाएको छ ।


















प्रतिक्रिया