१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी



सुर्खेत । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ।

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माण गर्न १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिए ।

चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ विद्यालय र पाँच स्वास्थ्य भवन निर्माण गर्न बजेट उपलब्ध भएको उनले जानकारी दिए ।

सात स्थानीय तहमा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा बारेकोट-१ को हिमालयदेवी विद्यालय, वडा नम्बर ३ को जनप्रिय आधारभूत विद्यालय स्याला मुलसाम, वडा नम्बर ४ को हिमालय आधारभूत विद्यालय गोठगाउँ र वडा नम्बर ८ को विश्व आधारभूत विद्यालय सेपुखोला निर्माण गर्ने निर्णय भएको छ ।

त्यसैगरी, नलगाड नगरपालिका-१ को जन आदर्श प्राथमिक विद्यालय ज्ञानेचौर, वडा नम्बर ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोट र वडा नम्बर ४ को भानुभक्त माध्यमिक विद्यालय, भेरी नगरपालिका-२ को शङ्कर भवन माध्यमिक विद्यालय बाहुनथाना, वडा नम्बर १ को शिव माध्यमिक विद्यालय कालेगाउँ, छेडागाड नगरपालिका-१ को पिपलचौतारी आधारभूत विद्यालय, वडा नम्बर ८ को पशुपति आधारभूत विद्यालय रौतनगाउँ, वडा नम्बर ३ को सरस्वती आधारभूत विद्यालय चुवादेवली तथा कुशे गाउँपालिका-६ को जनविकास प्राथमिक विद्यालय घरङ्ग र वडा नम्बर ४ को धारापानी आधारभूत विद्यालय बनाउने निर्णय भएको छ ।

शिवालय गाउँपालिका-७ चन्द्रज्योति आधारभूत विद्यालय लयलकाडा, वडा नम्बर २ को इन्द्रज्योति आधारभूत विद्यालय, जुनिचाँदे गाउँपालिका-६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेना, वडा नम्बर २ को महादेव प्राथमिक विद्यालय, वडा नम्बर ४ को जनशक्ति प्राथमिक विद्यालय, वडा नम्बर ११ को महेन्द्र माध्यमिक विद्यालय तथा वडा नम्बर ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गरिने भएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ५४ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम