२३ पुस २०८२, बुधबार | January 7, 2026

भौतिक पुर्वाधार पुन : निर्माण कोषमा रु १३ करोड ३५ लाख सङ्कलन



काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो । कोषमा आज मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रू एक करोड एक लाख सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ । गत हप्ता मेटलाइफ नेपालले रू २५ लाख र त्यसअघि दि ओरिएण्टल इन्स्योरेन्सले रू २० लाख सहयोग गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासिय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृ निकायलगायतलाई आग्रह गरेको थियो ।

पुनःनिर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनःनिर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : ४७ बजे

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दश बुँदे ‘सर्कुलर’ जारी

काठमाडौँ । गृह मन्त्रालयले तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक

नेपाली कम्युनिष्ट पार्टीमा २४९९* जना केन्द्रीय सदस्य, पुस २९ गते शपथ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय

बाँकेमा घृणा, द्वेष र उत्तेजना फैलाउने कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गरिने

नेपालगन्ज । बाँकेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष

देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकभित्रको आर्थिक गतिविधिलाई संरक्षण र

निर्वाचनमा कुनै गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न