७ आश्विन २०८३, बुधबार | September 23, 2026

एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त



काठमाडौ । एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि वहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव संगाल्नु भई वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित छन् ।

उनी यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई