२४ पुस २०८२, बिहिबार | January 8, 2026

एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त



काठमाडौ । एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि वहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव संगाल्नु भई वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित छन् ।

उनी यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)को फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायतका विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ८ : २४ बजे

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक

प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छपाइ अन्तिम चरणमा, समानुपातिक मतपत्र आजबाट छपाइ हुँदै

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै

रहबर अन्सारीद्वारा नेकपा परित्याग

काठमाडौं । मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’

थारु संस्कृति र पहिचान झल्किने खिचडी महोत्सव शनिबारदेखि बुटवलमा आयोजना हुने

बुटवल । माघे सङ्क्रान्ति अर्थात् थारु सम्बत २६४९ औँ माघी