२३ पुस २०८२, बुधबार | January 7, 2026

नेकपाका नेता उमेश यादव जसपा नेपाल प्रवेश



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सिँचाइ मन्त्री उमेश यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

मंगलबार आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई खादा ओढाएर पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन्।

यादवलाई नेकपाले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको थियो।

उमेश यादव २०७० सालको संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट निर्वाचित भएका थिए। त्यसयता भने उनी कुनै पनि निर्वाचनमा विजयी हुन सकेका छैनन्।

२०७४ सालको निर्वाचनमा उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए भने पछिल्लो निर्वाचनमा प्रदेशसभा अन्तर्गत सप्तरी २ (२) बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी जनमत पार्टीका महेश यादवसँग पराजित भएका थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : २४ बजे

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै

गगन-विश्वले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन कांग्रेस संस्थापनको अपील

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा

कांग्रेस महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको आह्वान

काठमाडौं । अन्ततः नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश

आचारसंहितामा नयाँ बुँदा थपियो, अनलाइन सञ्चार माध्यमका लागि यस्तो छ आचारसंहिता

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप