१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

नेकपाका नेता उमेश यादव जसपा नेपाल प्रवेश



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सिँचाइ मन्त्री उमेश यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।

मंगलबार आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई खादा ओढाएर पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका छन्।

यादवलाई नेकपाले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको थियो।

उमेश यादव २०७० सालको संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट निर्वाचित भएका थिए। त्यसयता भने उनी कुनै पनि निर्वाचनमा विजयी हुन सकेका छैनन्।

२०७४ सालको निर्वाचनमा उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए भने पछिल्लो निर्वाचनमा प्रदेशसभा अन्तर्गत सप्तरी २ (२) बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा उनी जनमत पार्टीका महेश यादवसँग पराजित भएका थिए।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : २४ बजे

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २

प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन,

सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँ : सभापति थापा

गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा

चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चीनका राजदूत चाङ

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको