२३ पुस २०८२, बुधबार | January 8, 2026

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार



काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ ।

सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ ।

सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरुसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ्कलन गर्ने काम भइरहको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ०५ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै