२३ पुस २०८२, बुधबार | January 7, 2026

बाँकेमा घृणा, द्वेष र उत्तेजना फैलाउने कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गरिने



नेपालगन्ज । बाँकेमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आह्वानमा आज नेपालगन्जमा बसेको सर्वदलीय एवम् सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा घृणा, द्वेष र उत्तेजना फैलाउने सामग्रीको नियमन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको अध्यक्षतामा बसेको बैठकले त्यस्ता कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याएर दण्डित गराउने र त्यसको लागि सबैले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले धार्मिक र्यालीलाई ब्यवस्थापन गर्ने, र्यालीमा हातहतियार निषेधित गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने, प्रशासनको पूर्व अनुमति लिएर निश्चित रुटमा मात्र र्याली निकाल्न पाइने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी धर्मगुरु र समाजका बिभिन्न तहको प्रतिनिधित्व गर्ने अगुवाहरुले धार्मिक सद्भाव र सामाजिक एकता कायम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : १४ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै