२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण



नेपालगन्ज । बाँकेमा क्रियाशील अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चार सम्बद्ध संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मवज जोशीले पदिय मर्यादा विपरितका कार्य, अभिब्यक्ति र अस्वाभाविक व्यवहार देखाएको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । बाँके स्थित नागरिक समाज सम्बद्ध विभिन्न नागरिक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको भेलाले गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जोशीमाथि आवश्यक कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र पठाएका हुन् ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीबाट पटक पटक सञ्चारजगत, कानुन ब्यवसायी, नागरिक समाज र अधिकारकर्मीहरु विरुद्ध अपमानजनक ब्यवहार भएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारी जोशीलाई सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्न जाँदा दुर्व्यवहार गर्ने, नागरिक समाज सम्बद्धहरुको मानमर्दन गर्ने सेवाग्राही प्रति जिम्मेवार नहुने प्रवृत्ति देखिएको आरोप लगाइएको छ ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी जोशीले श्रृखलावद्ध रुपमा पदिय मर्यादा विपरित अभिव्यक्ति दिने, नागरिक मैत्री व्यवहार नगर्ने, सुशासनका आधारभुत मुल्य मान्यता विपरिक अस्वाभाविक व्यवहार गर्ने कार्य गरेकाले आवश्यक कारबाहीको माग समेत गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १० : ४० बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै