२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री



काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू तय गरेको छ।

कांग्रेस, नेकपा र मधेशवादी दलसँग चुनावी तालमेल हुँदा आफुले सात सिट पाउने दाबी गर्दै एमालेले उम्मेदवार तय गरेको हो । यद्यपी, मधेस प्रदेशमा भने कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन ।

एमालेले रामकुमारी झाँक्रीलाई लुम्बिनीबाट उम्मेदवार बनाएको छ । झाँक्री दुई महिनाअघि माधव नेपालको एकीकृत समाजवादी छोडेर एमालेमा फर्किएकी थिइन । गुल्मी क्षेत्र नं. १ बाट प्रत्यक्षमा उम्मेदवार बन्ने चाहना राखेकी झाँक्रीलाई एमालेले राष्ट्रियसभामा पठाउन लागेको हो ।
यस्तै, कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीबाट प्रेम दंगाल, गण्डकीबाट सम्झना देवकोटा, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीलाई उम्मेदवार बनाउने एमालेले नर्णिय गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता लिइनेछ।

आगामी माघ ११ गते राष्ट्रियसभाका रिक्त १९ पद मध्ये १८ का लागि निर्वाचन हुने कार्यक्रम रहेको छ। एक पद राष्ट्रपतिबाट मनोनित हुनेछ ।

 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : १५ बजे

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी

उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उम्मेदवारी

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय