१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन



कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ ।

प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो ।

अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका लागि र एउटा सो भन्दा साना बच्चाका लागि प्रयोगमा ल्याइने छ ।

सिकिस्त अवस्थाका बिरामीलाई सामान्य वार्डमा राखेर उपचार गराउँदा जोखिम बढी हुने र सङ्क्रमण फैलन सक्ने भएकाले पीआइसीयूमा राखेर उपचार गराउनुपर्ने हुन्छ । “भेन्टिलेटर, बाइप्याप लगायतका अत्याधुनिक उपकरण, विशेषज्ञ डाक्टरसहितको पिआइसीयू सञ्चालनमा ल्याउने हाम्रो प्रयासले सार्थकता पाएको छ । यसमा डेडिकेटेड जनशक्ति हुन्छ । यसबाट गम्भीर अवस्थाका बच्चाहरूलाई उपचारबाट अन्यत्र फिर्ता पठाउनुपर्ने अवस्था अन्त्य भएको छ”, बास्तोलाले भने ।

यस उपचारकक्षका लागि प्रतिष्ठानले एक जना बालरोग विशेषज्ञसहित ११ जना चिकित्सक, तालिम लिएका १३ जना स्टाफ नर्स र तीन जना कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा यसअघि रहेको पिआइसीयूमा आवश्यक जनशक्ति र उपकरण थिएन । जसका कारणले राम्रोसँग पिआइसीयू सञ्चालनमा आउन सकेको थिएन ।

बालरोग विभाग प्रमुख डा बास्तोलाले भने, “पहिलाको पिआइसीयू नाममात्रको थियो । यसैका लागि भनेर जनशक्ति थिएन, अन्य विभागबाट बोलाउनुपर्ने थियो । चाहेर पनि बच्चालाई भर्ना गर्न सकिएको थिएन । अहिले बालबालिकाका लागि नै ‘डेडिकेटेड’ उपचारकक्षा सुरु गरिएको हो । ”

जटिल र गम्भीर अवस्थाका बिरामीलाई २४सैँ घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराइने विशेष कक्ष पीआइसीयू हो । जहाँ चिकित्सक, नर्स, कर्मचारी र बिरामीबाहेक अरुलाई आवतजावत गर्न निषेध गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ९ : ५४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो