२४ पुस २०८२, बिहिबार | January 8, 2026

राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, मधेशी दलबीच समीकरण; नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिँदै



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दल लोसपा बीच गठबन्धन भएको छ ।

कांग्रेस, एमाले, नेकपा र मधेशी दलबीच समीकरण बनाउने गरी सुरुमा छलफल भएपनि आफ्नो मतभारअनुसार चार सिट पाउनुपर्ने नेकपाको मागलाई कांग्रेस एमालेले अस्वीकार गरेपछि समीकरण फेरिएको हो । अब नेकपाले १८ वटै सिटमा उम्मेदवारी दिने भएकोछ । नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आफ्ना उम्मेदवारहरुलाई टिकट वितरण गरिसकेका छन् ।

आफ्नो मतभारबाट कटाएर एमालेलाई एक सिट थप्नुपर्ने कांग्रेस एमालेको मागलाई नेकपाले अस्वीकार गरेको थियो । यसअघि मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, माओवादीलाई ३ र लोसपारजसपालाई १ सिट दिने विषयमा भएको दाबी गरिएको थियो । तर नेकपाले भने चार सिटको अडान छोडेन ।

नयाँ समीकरणअनुसार कांग्रेसले नौं सिट लिएको छ भने एमालेले आठ सिट लिएको छ । यस्तै लोसपाले एक सिट लिएको छ । आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले उम्मेदवारको टुंगो लगाएको छ । यद्यपी, महामन्त्री गगन थापाले उम्मेदवार चयन र एमालेसँगको समीकरणमा प्रश्न उठाएका छन् । उनले

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १२ : ३६ बजे

१ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरी जनपदतर्फका १० जना प्रहरी उपरीक्षक (एसपी)

निःशुल्क शिविर : २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

सर्लाही । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया

चितवनमा निर्वाचनको तयारी तीव्र

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)