५ भदौ २०८३, शुक्रबार | August 22, 2026

चितवनमा निर्वाचनको तयारी तीव्र



चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो ।

यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका-१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिए ।

“अहिले निर्वाचनको तयारी अघि बढाइरहेका छौँ । सुरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले सोका लागि काम भइरहेको छ”, सूचना अधिकारी श्रेष्ठले भने । क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने उनले बताए ।

निर्वाचन आयोगले क्षेत्र नं २ का लागि मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेललाई नियुक्त गरिएको जनाउँदै उनले क्षेत्र नं १ मा सर्वोच्च अदालतका विकासकुमार रजक र क्षेत्र नं ३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौलालाई नियुक्त गरिएको बताए ।

चितवनमा यसपटक कुल मतदाता चार लाख ४२ हजार ८२ जना रहेका छन् । गत भदौमा भएको जेनजी प्रदर्शनपछि २० हजार ६९० जना मतदाता थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : ३० बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको