१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

थारु संस्कृति र पहिचान झल्किने खिचडी महोत्सव शनिबारदेखि बुटवलमा आयोजना हुने

दुई दिन खेलकुद र साँस्कृतिक कार्यक्रम



बुटवल । माघे सङ्क्रान्ति अर्थात् थारु सम्बत २६४९ औँ माघी (खिचडी)को अवसरमा बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जमा दुई दिने वृहत खेलकूद तथा साँस्कृतिक कार्यक्रमसहित खिचडी महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारिणी सभा बुटवल नगर समितिको आयोजनामा पौष २६ गते शनिबारदेखि दुई दिनसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

आयोजक समितिका अध्यक्ष कृष्णबहादुर चौधरीका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको छ । बुटवल-१७ रानीगञ्जस्थित स्थानीय गौरव युवा क्लबको खेलमैदानमा आयोजना हुने कार्यक्रमले थारु समुदायको परम्परा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

महोत्सवको पहिलो दिन शनिबार रक्तदान कार्यक्रमसँगै विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिनेछन् । थारु समाज बुटवलका अध्यक्ष ओमप्रकाश चौधरीका अनुसार महिलाहरूबीच ढकिया दौड, पुरुषहरूबीच धोती दौड, कुर्सी दौड, रस्साकस्सी लगायतका खेलकूद प्रतियोगिताहरू हुनेछन् । साथै, थारु परम्परालाई झल्काउने करिब एक दर्जन फूड स्टलहरू समेत राखिनेछन् ।

दोस्रो दिन वृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा चर्चित थारु कलाकार, मोडल तथा गायिका अन्जु कुश्मी, डान्सर सजिना चौधरी लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै, स्थानीय थारु समुदायमा प्रचलित मयुर नाच, झुम्रा नाच र झर्रा नाचजस्ता मौलिक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनेछन् ।

आयोजकका अनुसार महोत्सवमा सहभागीहरूले थारु परिकार ढिकरी, घोँगी, माछा, पतुसिनी लगायतका परम्परागत खानाको स्वाद लिन सक्नेछन् । नयाँ पुस्तालाई थारु समुदायको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष चौधरीले बताए ।

महोत्सव बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न वडा कार्यालयहरूको सहकार्यमा आयोजना हुन लागेको हो । थारु समाज बुटवल र थारु संस्कृति संरक्षण समिति बुटवल-१७ पनि सह-आयोजकका रूपमा रहेका छन् । आयोजकले सबै समुदायका नागरिकलाई कार्यक्रममा उपस्थित भई थारु संस्कृतिको अनुभव लिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  २ : ५० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’