२५ पुस २०८२, शुक्रबार | January 9, 2026

१० लाख थान नमूना मतपत्र छापियो



काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता शिक्षा प्रयोजनका लागि नमूना मतपत्र छपाइ कार्य पुरा भएको छ ।

नेपाली सेनाको सुरक्षा घेरामा सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नमूना मतपत्र छपाइ भएकोे आयोगले जनाएको छ । उक्त निर्वाचनको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी करिब १० लाख थान नमूना मतपत्र छपाइ भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । आयोगको टोलीले उक्त छपाइ भएको नमूना मतपत्रबारे आजै निरीक्षण गरी जानकारी लिएको थियो ।

उक्त निर्वाचनको समानुपातिकतर्फ सेतो कागजमा कालो रङ्ग र पहिलो हुने विजयी हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ रातो रङ्ग प्रयोग गरिएको छ । शुक्रबारदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुने सूचना अधिकारी घिमिरेले बताए ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ७ : १६ बजे

युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

मस्को । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको

माछापुच्छ्रे बैंकको क्युआर मर्चेन्ट लक्षित एमबिएल स्मार्ट कर्जा सेवा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै, बैठक निर्वाचनमा केन्द्रित हुने

काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक