१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमाले अध्यक्ष ओलीद्वारा पार्टीको महाधिवेशन पछिको पहिलो अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ)



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन् । अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ ।

“पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यलाई निर्वाचनको काममा केन्द्रित रहनेगरी परिचालन गर्ने नीतिअनुरुप अस्थायी कार्यविभाजन गर्ने गरिएको छ”, अपानीमा भनिएको छ, “मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिङ्गो पार्टीपङ्क्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनु आवश्यक हुन्छ ।”

पार्टीले सबै केन्द्रीय सदस्यलाई आआफ्नो जिल्लामा निर्वाचिन केन्द्रित गरेर जिम्मेवारी दिएको छ । जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई निर्वाचनको संयोजन गर्न र अन्य केन्द्रीय सदस्यलाई सदस्यका रुपमा राखेर कार्यविभाजन गरिएको छ । एमालेले २७७ केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित कामको जिम्मेवारी प्रदान गरेको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्यमा मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन भने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि गरिने अपानीमा उल्लेख छ । पार्टीले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी त्यसको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन भनको छ ।

यस्तै, युवाकेन्द्रित अभियानका लागि पार्टीले केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी तोकेको छ । पार्टीले युवालाई परिचालन गरी आमयुवालाई पार्टीको अभियानमा जोड्न सातवटै प्रदेशमा पार्टीको युवा केन्द्रीय सदस्यलाई संयोजक तोकेको छ । युवा परिचालन गर्न केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजकः समिक बडाल, कोशी प्रदेशमा संयोजक मनोज ताम्ली, मधेस प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा संयोजक कमला बोहरालाई बनाएको छ ।

यस्तै, पार्टीले बागमती प्रदेशलाई बागमती प्रदेश र राजधानी प्रदेश गरी दुई भागमा विभाजन गरेको छ । बागमती प्रदेश कमिटी र उपत्यका विशेष कमिटीमा रहेका पदाधिकारी र सदस्यलाई उनीहरुको भूगोल वा कार्यक्षेत्रका आधारमा बागमती तथा राजधानी प्रदेश कमिटीमा रहनेगरी सङ्गठन कमिटी निर्माण गरिएको अपानीमा उल्लेख छ । राजधानी प्रदेश सङ्गठन कमिटीको अध्यक्षमा नारायण सिलवाल, उपाध्यक्षमा प्रेम महर्जन, सचिवमा मिलन धरेल, उपसचिवमा शशिजङ्ग थापा र बेलिमाया घलेलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै, बागमती प्रदेश सङ्गठन कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल, उपाध्यक्षमा दावा तामाङ, सचिवमा बालकृष्ण देउजा, उपसचिवमा भक्तकुमारी लामा र रमेश आचार्य, सम्पर्क विशेष सङ्गठन कमिटीको अध्यक्षमा अशोक ठकुरी, उपाध्यक्षमा नारायण पाण्डे, सचिवमा कपिल ओली, उपसचिवमा प्रेमराज भट्ट र सत्यदेवी खड्का अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ९ : १६ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a