२१ भदौ २०८३, आइतबार | September 6, 2026

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई



बर्दिया । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार करदाता सेवा कार्यालय गुलरिया, बर्दिया खारेज गरिएको छ। अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार सो कार्यालयबाट हालसम्म सम्पादन हुँदै आएका सम्पूर्ण करसम्बन्धी कार्य तथा सेवाहरू अब कोष तथा लेखा नियन्त्रक कार्यालय, गुलरिया, बर्दिया मार्फत प्रदान गरिने भएको छ।

मन्त्रिपरिषद्को मिति ष्त कार्तिक १७ गतेको निर्णयबमोजिम करदाता सेवा कार्यालय गुलरिया खारेज गरिएको हो। सो निर्णयअनुसार उक्त कार्यालयबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू पुस २३ गते बुधबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय गुलरियामार्फत सञ्चालन हुने जनाइएको छ।

यसै सन्दर्भमा आयोजित औपचारिक कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेले कर सम्बन्धि जिम्मेवारी कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाका प्रमुख कोष नियन्त्रक सिद्धराज ओझालाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत न्यौपानेले कर प्रशासनको संरचनागत सुधार सेवाग्राहीमैत्री बनाउन केन्द्रित रहेको स्पष्ट पारे ।

“करदाता सेवा कार्यालय गुलरियाको खारेजीलाई सेवा कटौतीको रूपमा होइन, सेवा व्यवस्थापनको पुनर्संरचनाका रूपमा बुझ्नुपर्छ। अब कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रदान गरिने सेवाहरू अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुनेछन्। करदातालाई अनावश्यक झन्झट नहोस् भन्नेमा सरकार प्रतिबद्ध छ।” उनले भने ।

उनले करदाताहरूलाई समयमै कर विवरण पेश गर्न, कर दायित्व निर्वाह गर्न तथा कानुनी प्रक्रिया पालना गर्न आग्रह गरे। उद्योगी–व्यवसायी र राज्यबीचको सहकार्यबाट मात्र दिगो आर्थिक समृद्धि सम्भव हुने धारणा पनि उनले व्यक्त गरे।

कार्यक्रममा उद्योग वाणिज्य संघ बर्दिया, गुलरिया, बासगढी, बढैयाताल, गेरुवा र राजापुर, बार एशोसिएसन बर्दिया, ठाकुरबाबा नगरपालिका क्षेत्र, निर्माण व्यवसायी संघ, होटल व्यवसायी, घरेलु तथा साना उद्योग कार्यालय लगायत विभिन्न सरोकावाला निकायका प्रतिनिधि, सेवाग्राही तथा उद्योग–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले कार्यालय खारेजीपश्चात पनि कर प्रशासन तथा सेवाप्रवाहलाई अझ सरल, पारदर्शी र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए। करदाता तथा सेवाग्राहीहरूलाई अब करसम्बन्धी सम्पूर्ण सेवा लिन कोष तथा लेखा नियन्त्रक कार्यालय, गुलरिया मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  १० : ०० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका