१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो



काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा गरेका विभिन्न नयाँ कर तथा शुल्क आजदेखि कार्यान्वयनमा आएका छन्। नयाँ व्यवस्थाअनुसार शिक्षा, स्वास्थ्य, विद्युत, राइड सेयर सेवा, सेयर तथा घरजग्गा कारोबारलगायत विभिन्न क्षेत्रमा करको दायरा विस्तार गरिएको छ।

आजदेखि निजी विद्यालय तथा शैक्षिक संस्थाले विद्यार्थीबाट लिने भर्ना, मासिक, परीक्षा तथा अन्य सबै शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क असुल गर्नुपर्नेछ। यस्तै निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाले बिरामीबाट लिने सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू भएको छ।

त्यसैगरी, ५० युनिटभन्दा बढी घरायसी विद्युत उपभोगमा ५ प्रतिशत भ्याट लाग्नेछ भने औद्योगिक तथा व्यावसायिक प्रयोजनको विद्युतमा १३ प्रतिशत भ्याट यथावत् रहनेछ। राइड सेयर सेवाको भाडामा ५ प्रतिशत र कम्पनीले चालकबाट लिने सेवा शुल्कमा १३ प्रतिशत भ्याट लागू गरिएको छ।

सेयर कारोबारमा एक वर्षभित्र बिक्री गर्दा १० प्रतिशत र एक वर्षपछि बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। घरजग्गा कारोबारमा पनि लाभकरको दर बढाइएको छ। यता व्यक्तिगत आयकरमा भने राहत दिँदै अधिकतम करदर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ भने १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै कर लाग्ने व्यवस्था लागू भएको छ। साथै सुनचाँदीमा लाग्दै आएको विलासिता शुल्क हटाएर ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लागू गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : १४ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको