२१ भदौ २०८३, आइतबार | September 6, 2026

एनआरएनए अमेरिकाको प्रष्टीकरण – खेलकुदमन्त्री गुप्तालाई अमेरिका बोलाएका छैनौं



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणका लागि कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ ।

मन्त्री गुप्ताको अमेरिका भ्रमणको समाचार सार्वजनिक भएसँगै एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए एनसीसी युएसएले नेपाल सरकारका माननीय युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन । साथै, अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’

संस्थाले आफ्नो नाम, ईआईएन नम्बर र वेबसाइटको दुरुपयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन तथा फन्डराइजिङ भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ । यस्ता गतिविधिहरूसँग संस्थाको कुनै स्वीकृति वा संलग्नता नरहेको र ती पूर्ण रूपमा अवैध तथा अमान्य हुने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, संस्थाको नाम र पहिचान दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरूको गम्भीरतालाई मध्यनजर गर्दै सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी विभाग र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइनेछ ।’

एनआरएनए अमेरिकाले आफूहरू कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको र यस्ता दुरुपयोगले गम्भीर कानुनी तथा प्रतिष्ठागत जोखिम निम्त्याउने भन्दै सबैलाई आधिकारिक माध्यमबाट आएका सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ ।

यसअघि मन्त्री गुप्ताको अमेरिका भ्रमण प्रकरणमा फर्जी निमन्त्रणाको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार पनि सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ०९ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा