२५ पुस २०८२, शुक्रबार | January 9, 2026

तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तर, चाँदीको मूल्यमा भने गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच चाँदीको मूल्य भने ओरालो लागेको छ। चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : २६ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा