१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

कुलमानसँगको एकता संकटमा परेपछि रास्वपाले डाक्यो आकस्मिक सचिवालय बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकताको सहमति दुई सातामै संकटमा परेको छ । सहमति कार्यान्वयनका विषयमा दुवै पक्षबीच समझदारी कायम हुन नसकेपछि रास्वपाले आकस्मिक सचिवालय बैठक डाकेको छ ।

रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आज शनिबार दिउँसो ३:१५ बजे पार्टी सचिवालयको आकस्मिक भर्चुअल बैठक बस्दैछ । जुममार्फत हुने उक्त बैठकको मुख्य कार्यसूची पार्टी एकता र समायोजन प्रक्रियासँग सम्बन्धित विषयमा केन्द्रित रहने जनाइएको छ ।

गत पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको सहमति भएको थियो । सहमतिअनुसार उज्यालो नेपाल पार्टीका संरक्षक तथा पूर्वमन्त्री कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो । तर, सहमति कार्यान्वयनका चरणमा प्रवेश गरेसँगै वरियता, जिम्मेवारी बाँडफाँट, समानुपातिक सूची तथा केन्द्रीय संरचनाको विषयमा मतभेद बढ्दै गएको बताइएको छ ।

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच शुक्रबार र शनिबार पटक-पटक भएको छलफल पनि निष्कर्षविहीन भएपछि एकता प्रक्रिया संकटमा परेको स्रोतको भनाइ छ । स्रोतका अनुसार दुवै पक्षबीच संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनमा सहमति जुट्न नसक्दा सहमति भाँडिने अवस्थामा पुगेको हो ।

यसअघि सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीन मन्त्रालयबाट राजीनामा दिएका थिए । त्यसपछि उनी रास्वपासँग औपचारिक एकता वार्तामा बसेका थिए ।

एकता संकट गहिरिँदै गएपछि कुलमान घिसिङ रास्वपाबाट अलग भई उज्यालो नेपाल पार्टीलाई नै स्वतन्त्र रूपमा अघि बढाउने मनस्थितिमा पुगेको उनी निकट स्रोतले दाबी गरेको छ । आज बस्ने रास्वपा सचिवालय बैठकले एकता प्रक्रियाको भविष्यबारे निर्णायक दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ३६ बजे

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि