११ कार्तिक २०८३, बुधबार | October 28, 2026

नाउपा सांसद धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीमा प्रवेश



बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट बर्दिया-२ (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले नाउपा अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टीलाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित गरेपछि आफू उज्यालो नेपाल पार्टीमा आबद्ध भएको बताएका छन् ।

चौधरीले अब बर्दिया-२ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने तयारीसमेत गरिरहेको जानकारी दिएका छन् ।

उनको पार्टी परिवर्तनसँगै लुम्बिनी प्रदेशसभा सदस्य पदको हैसियत के हुने भन्ने विषयमा प्रश्न उठेको छ । हाल नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेशसभामा चार जना सांसद रहेका छन् ।

चौधरीको उज्यालो नेपाल पार्टी प्रवेशलाई प्रदेशको राजनीतिक समीकरणमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ३४ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय