२४ श्रावण २०८३, आइतबार | August 10, 2026

सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग छ : अभिनेता हमाल



झापा । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए ।

“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उनले भने, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।”

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा दोर्याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उनले आग्रह गरे ।

इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उनले भने, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।”

इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताए । कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको उनले बताए ।

कम्पनीका प्रबन्धक कृष्ण रानाभाटले कम्पनीको अधिकृत पुँजी रु एक अर्ब ५० करोड, जारी पुँजी रु एक अर्ब ३७ करोड ५० लाख र चुक्ता पुँजी रु एक अर्ब १० करोड रहेको जानकारी दिए । कार्यक्रममा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्का, कम्पनीकी सञ्चालक कल्पना विक, कम्पनीका सेयर सदस्य एकराज गिरीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ८ : ३५ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता