१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

प्रशासन प्रमुख र सुरक्षा प्रमुखले प्रदेशका विभागिय मन्त्रीलाई शिष्टाचार भेट समेत गर्दैनन् : मन्त्री अग्रवाल



नेपालगन्ज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले राज्य संयन्त्रको प्रशंशा होईन आलोचना र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपालगन्जमा भएको सुरक्षाखबर डटकम अनलाइनको प्रथम बार्षिक उत्सब समारोहमा बोल्दै प्रदेश गृहमन्त्री अग्रवालले सञ्चार माध्यमले सही सूचना सम्प्रेषण गर्नु उसको दायित्व भएको उल्लेख गरे । उनले पत्रकारहरुबाट आफुले मर्यादित पत्रकारिताको अपेक्षा गरेको बताए ।

उनले सीमा क्षेत्रमा तस्करी हुने गरेको आम उद्योगी ब्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिए । उनले आफु प्रदेश सरकारको गृहमन्त्री भएपनि जिल्लाका प्रशासन र सुरक्षा प्रमुखहरुले शिष्टाचार भेट समेत नगरेको गुनासो गरे । कार्यक्रमका बीचमा हिँडेका बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङलाई लक्षित गर्दै मन्त्री अग्रवालले विभागिय मन्त्री रहेको कार्यक्रममा समेत प्रमुख जिल्ला अधिकारी पुरा समय नबसेको गुनासो गरे । उनले सुरक्षा निकायलाई बार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी गरे ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताएका छन् । उद्घाटन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकार सङ्घीय सरकार, निर्वाचन आयोग लगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरु रुद्र सुवेदी, निरज गौतमले सुरक्षा निकाय र पत्रकारबीच निरन्तर समन्वय र सहकार्यमा जोड दिएका थिए ।

सो अवसरमा अपराध अनुसन्धान र मानबीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीका बिभिन्न दर्जाको ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सुरक्षाखबर मिडिया प्रालिका अध्यक्ष गौरव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिरमान श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ९ : २९ बजे

कांग्रेसद्वारा काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रका

लुम्बिनीमा एमाले बहुमतसहित पहिलो शक्ति बन्छ : विष्णु पौडेल

बुटवल । विष्णु पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कुनै दलसँग चुनावी समीकरण हुँदैन : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र