२८ पुस २०८२, सोमबार | January 12, 2026

सुनचाँदीको मूल्य सर्वाधिक उचाइमा, बजारमा नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ, जो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।

आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एकैदिन तोलामा चार हजार १०० रुपैयाँले वृद्धि भएको हो।

यससँगै चाँदीको मूल्य पनि ऐतिहासिक स्तरमा पुगेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ थियो। यसरी चाँदीको मूल्य एकैदिन तोलामा २०५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

सुनचाँदी दुवैको मूल्यमा देखिएको तीव्र वृद्धि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक आर्थिक मनोविज्ञानसँग सम्बन्धित मानिएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : ०४ बजे

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष

बैतडीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको

सुनचाँदीको मूल्य सर्वाधिक उचाइमा, बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं । बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति