२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

सुनचाँदीको मूल्य सर्वाधिक उचाइमा, बजारमा नयाँ रेकर्ड



काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ, जो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।

आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार एकैदिन तोलामा चार हजार १०० रुपैयाँले वृद्धि भएको हो।

यससँगै चाँदीको मूल्य पनि ऐतिहासिक स्तरमा पुगेको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ थियो। यसरी चाँदीको मूल्य एकैदिन तोलामा २०५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

सुनचाँदी दुवैको मूल्यमा देखिएको तीव्र वृद्धि पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव र आन्तरिक आर्थिक मनोविज्ञानसँग सम्बन्धित मानिएको छ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ११ : ०४ बजे

Pentagon says first six days of war cost $11.3bn: Report

Pentagon officials have estimated the cost of the first six

इरान युद्ध सुरु गरेको पहिलो ६ दिनमै अमेरिकाको ११ अर्ब ३० करोड डलर स्वाहा

इरान विरुद्ध युद्ध सुरु गरेको पहिलो ६ दिनमै ११ अर्ब

मकवानपुरको मनहरीमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप

बागमती । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा

पश्चिम एसिया सङ्कट : नेपाली नागरिकको सुरक्षा गर्न आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको

मोदी प्रमुखअतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी समिट-२०२६’ मा रेनु दाहालले सम्बोधन गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने