२९ पुस २०८२, मंगलबार | January 13, 2026

कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै, संस्थापनबाट समितिमा बालकृष्ण खाण थपिए



काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक असहमति अन्त्य गर्ने उद्देश्यले पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्ता समिति गठन गरिएको छ । लामो समयदेखि चुलिँदै आएको विवाद समाधानका लागि दुवै पक्ष वार्तामा बस्न सहमत भएका हुन् ।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र बालकृष्ण खाण वार्ता समितिमा सदस्य रहेका छन् । यसअघि दुई सदस्यीय रहेको संस्थापन पक्षको समितिमा बालकृष्ण खाणलाई थप गरिएको हो ।

उता विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्ता समितिका सदस्य रहेका छन् । यद्यपि, वार्ताका लागि समिति बने पनि छलफलको समय र स्थान भने अझै तय नभइसकेको संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिएका छन् ।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गर्दै दुई समूहबीच संवादको वातावरण बनाउन वार्ता समिति गठन गर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावबारे उनले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराएका थिए ।

कांग्रेसका कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गरेका थिए । तर सभापति देउवासहितको संस्थापन समूहले त्यसलाई बेवास्ता र दबाउन खोजेको आरोप लागेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

सोहीअनुसार आइतबार विशेष महाधिवेशनको उद्घाटन भएको थियो भने सोमबारदेखि बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति विघटनको प्रस्तावसमेत पेस गरिएको छ । विशेष महाधिवेशनको पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि रहेको स्पष्ट भएपछि संस्थापन समूह वार्तामा आउन बाध्य भएको नेताहरूको विश्लेषण छ ।

संस्थापन पक्षले विशेष महाधिवेशनप्रति चासो देखाएसँगै सोमबारसम्म भनिएको महाधिवेशनको समयसमेत लम्बाइएको छ । यस्तै, कांग्रेसले आजै केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुँदैछ ।

वार्ता समिति गठन र केन्द्रीय कार्यसमिति बैठकसँगै कांग्रेसको आन्तरिक संकट समाधानतर्फ पार्टी अघि बढ्छ कि विवाद अझ चुलिन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ४७ बजे

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर

रौतहटमा धान उत्पादन घट्यो

रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल

अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारको भुवाने देउरालीमा पाखो सम्याएर

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ ।