११ भदौ २०८३, बिहिबार | August 27, 2026

कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै, संस्थापनबाट समितिमा बालकृष्ण खाण थपिए



काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक असहमति अन्त्य गर्ने उद्देश्यले पार्टी संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्ता समिति गठन गरिएको छ । लामो समयदेखि चुलिँदै आएको विवाद समाधानका लागि दुवै पक्ष वार्तामा बस्न सहमत भएका हुन् ।

पार्टी संस्थापन समूहका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र बालकृष्ण खाण वार्ता समितिमा सदस्य रहेका छन् । यसअघि दुई सदस्यीय रहेको संस्थापन पक्षको समितिमा बालकृष्ण खाणलाई थप गरिएको हो ।

उता विशेष महाधिवेशन पक्षबाट नेता प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्ता समितिका सदस्य रहेका छन् । यद्यपि, वार्ताका लागि समिति बने पनि छलफलको समय र स्थान भने अझै तय नभइसकेको संस्थापन पक्षका नेता रमेश लेखकले जानकारी दिएका छन् ।

यसअघि सोमबार दिउँसो नेता शेखर कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गर्दै दुई समूहबीच संवादको वातावरण बनाउन वार्ता समिति गठन गर्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावबारे उनले पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराएका थिए ।

कांग्रेसका कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशनको माग गरेका थिए । तर सभापति देउवासहितको संस्थापन समूहले त्यसलाई बेवास्ता र दबाउन खोजेको आरोप लागेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

सोहीअनुसार आइतबार विशेष महाधिवेशनको उद्घाटन भएको थियो भने सोमबारदेखि बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा केन्द्रीय कार्यसमिति विघटनको प्रस्तावसमेत पेस गरिएको छ । विशेष महाधिवेशनको पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि रहेको स्पष्ट भएपछि संस्थापन समूह वार्तामा आउन बाध्य भएको नेताहरूको विश्लेषण छ ।

संस्थापन पक्षले विशेष महाधिवेशनप्रति चासो देखाएसँगै सोमबारसम्म भनिएको महाधिवेशनको समयसमेत लम्बाइएको छ । यस्तै, कांग्रेसले आजै केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुँदैछ ।

वार्ता समिति गठन र केन्द्रीय कार्यसमिति बैठकसँगै कांग्रेसको आन्तरिक संकट समाधानतर्फ पार्टी अघि बढ्छ कि विवाद अझ चुलिन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ४७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि