२९ पुस २०८२, मंगलबार | January 13, 2026

रौतहटमा धान उत्पादन घट्यो



रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो ।

गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ ।

यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ । यस वर्ष कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको निमित्त प्रमुख कुर्मीले बताए ।

समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३०० हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ । गत असोजमा आएको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पु¥याएको थियो । बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा क्षति पु¥याएको हो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : ११ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको

सिन्धुपाल्चोकको भोटेकोसीका विद्यार्थीलाई ‘पाण्डा प्याक परियोजना’ अन्तर्गत न्यानो पोशाक वितरण

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाका विद्यार्थीहरूलाई न्यानो लुगा तथा शैक्षिक सामग्री

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर

रौतहटमा धान उत्पादन घट्यो

रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल