१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना केन्द्रीय कमिटी सदस्यहरूले आज औपचारिक रूपमा शपथग्रहण गर्ने भएका छन् । विभिन्न १७ वटा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाले पार्टी संरचनालाई पूर्णता दिन केन्द्रीय कमिटी सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गरेको हो ।

नेकपाका नेता बेदुराम भुसालका अनुसार शपथग्रहण कार्यक्रम आज दिउँसो १२ बजे सुरु हुनेछ । कार्यक्रमलाई समावेशी र सहज बनाउन भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमको पनि व्यवस्था गरिएको उनले जानकारी दिए । “कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित हुन सक्नेहरू भौतिक रूपमा सहभागी हुनेछन् भने उपस्थित हुन नसक्ने केन्द्रीय सदस्यहरूका लागि भर्चुअल माध्यमबाट पनि शपथग्रहणको व्यवस्था गरिएको छ,” भुसालले भने ।

नेकपाको हालको केन्द्रीय कमिटी विभिन्न घटक पार्टीहरूबीचको एकतापछि गठन गरिएको हो । पार्टी एकतापछि केन्द्रीय तहमा ठूलो संख्यामा नेतृत्व समेटिएको भन्दै यसलाई संगठनात्मक रूपमा मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । शपथग्रहणपछि पार्टीको राजनीतिक गतिविधि, संगठन विस्तार तथा आगामी कार्यदिशाबारे थप सक्रियता बढ्ने नेताहरूको भनाइ छ ।

नेकपाले यो कार्यक्रमलाई पार्टी एकताको औपचारिक सन्देश दिने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : ३१ बजे

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने