२९ पुस २०८२, मंगलबार | January 13, 2026

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना केन्द्रीय कमिटी सदस्यहरूले आज औपचारिक रूपमा शपथग्रहण गर्ने भएका छन् । विभिन्न १७ वटा कम्युनिस्ट घटक मिलेर बनेको नेकपाले पार्टी संरचनालाई पूर्णता दिन केन्द्रीय कमिटी सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गरेको हो ।

नेकपाका नेता बेदुराम भुसालका अनुसार शपथग्रहण कार्यक्रम आज दिउँसो १२ बजे सुरु हुनेछ । कार्यक्रमलाई समावेशी र सहज बनाउन भौतिक उपस्थितिसँगै भर्चुअल माध्यमको पनि व्यवस्था गरिएको उनले जानकारी दिए । “कार्यक्रममा प्रत्यक्ष रूपमा उपस्थित हुन सक्नेहरू भौतिक रूपमा सहभागी हुनेछन् भने उपस्थित हुन नसक्ने केन्द्रीय सदस्यहरूका लागि भर्चुअल माध्यमबाट पनि शपथग्रहणको व्यवस्था गरिएको छ,” भुसालले भने ।

नेकपाको हालको केन्द्रीय कमिटी विभिन्न घटक पार्टीहरूबीचको एकतापछि गठन गरिएको हो । पार्टी एकतापछि केन्द्रीय तहमा ठूलो संख्यामा नेतृत्व समेटिएको भन्दै यसलाई संगठनात्मक रूपमा मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । शपथग्रहणपछि पार्टीको राजनीतिक गतिविधि, संगठन विस्तार तथा आगामी कार्यदिशाबारे थप सक्रियता बढ्ने नेताहरूको भनाइ छ ।

नेकपाले यो कार्यक्रमलाई पार्टी एकताको औपचारिक सन्देश दिने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ८ : ३१ बजे

सिन्धुपाल्चोकको भोटेकोसीका विद्यार्थीलाई ‘पाण्डा प्याक परियोजना’ अन्तर्गत न्यानो पोशाक वितरण

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाका विद्यार्थीहरूलाई न्यानो लुगा तथा शैक्षिक सामग्री

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर

रौतहटमा धान उत्पादन घट्यो

रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल

अन्नपूर्णको भुवाने देउरालीमा पाखो सम्माएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारको भुवाने देउरालीमा पाखो सम्याएर