१० भदौ २०८३, बुधबार | August 26, 2026

नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज औपचारिक रूपमा पार्टी एकता हुने भएको छ । आज दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष एकता सभा आयोजना गरिने सायमीले जानकारी दिएका छन् ।

सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गर्दै नेकपासँग एकता गर्न लागेका हुन् । उनी पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्षका रूपमा सक्रिय थिए । पार्टीको राजनीतिक धार र रणनीतिसँग असहमति जनाउँदै उनले नेकपासँग सहकार्य र एकताको निर्णय लिएको बताइएको छ ।

एकता सभासँगै सायमी आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने तयारीमा छन् । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । निर्वाचनको समय नजिकिँदै गर्दा नेकपासँगको एकतालाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा लिएका छन् ।

सायमी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गर्दै उल्लेख्य समर्थन जुटाएका थिए । त्यसपछि उनी स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने अभियानमा सक्रिय रहँदै आएका थिए ।

त्यस्तै, २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनले ६ हजार १७९ मत प्राप्त गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए ।

५२ वर्षीय सुमन सायमी काठमाडौंको कालीमाटी निवासी हुन् । उनी काठमाडौंका रैथाने समुदायबीच परिचित अभियन्ता मानिन्छन् । रैथाने संस्कृति, पहिचान र स्थानीय मुद्दाको संरक्षणका लागि विभिन्न आन्दोलन र अभियान सञ्चालन गर्दै आएका सायमीको नेकपासँगको एकताले राजधानीको राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : १५ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ