काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा यथासिघ्र निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै नाराबाजी भएको छ । महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया सुरु गर्न र महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।
मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै सुरु गरेको नाराबाजीमा अन्य प्रदेशका प्रतिनिधिहरुले पनि ताली बजाएर समर्थन गरेका छन् ।
संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिएका हुन् । महाधिवेसन प्रतिनिधि र अरु कार्यकर्ता जम्मा भएर १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चुन्न माग गरिरहेका छन् ।
विशेष महाधिवेशन पक्षधर र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच वार्ता भइरहेका कारण विशेष महाधिवेशनमा नेतृत्व चयनमा आलटाल भइरहेको छ। पहिलो चरणको वार्तामा सहमति जुट्न नसकेपछि पुन्ः वार्ताको प्रयास भइरहेको बताइएको छ ।
बिहान भएको वर्तामा उठेका विषयमा छलफल गर्न अहिले शेखर कोइराला तर्फका वार्ता टोली र सभापति शेरबहादुर समुहका वार्ता टोली सभापति देउवासँग छलफलमा जुटेका छन् ।


















प्रतिक्रिया