१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

नेकपा नेताहरुले खाए नैतिक आचरणयुक्त जीवन बिताउने शपथ



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिनुअघि पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् ।

जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले उनीहरूलाई शपथ खवाएका हुन् । उनीहरूले शपथ लिँदै पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

नेकपा नेताहरुका लागि तयार पारिएको शपथको ब्यहोरामा पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउने लगायतका विषय छन् । सबैखाले प्रतिक्रियावादी शक्ति, गलत बिचार र गलत व्यवहारका विरुद्ध दृढतापूवर्एक जुद्धिरहने प्रतिज्ञा समेत शपथमा राखिएको छ ।

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र समेत हस्तान्तरण गरेका छन् । प्रसाँईसँग शपथ लिएका नेताहरुले अन्य केन्द्रीय सदस्यहरूलाई शपथ गराउनेछन् । नेकपाले २ हजार ४९९ जना केन्द्रीय सदस्यलाई शपथ खुवाउने तयारी गरेको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ४० बजे

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने