१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने



बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल बुधबार हुने भएको छ । बुधबार दिउसो एक बजे एभरेष्ट माविको भलिवल ग्राउण्डमा फाईनल खेल हुने भएको हो ।

मंगलबार क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् भने पहिलो सेमिफाईनलमा विजयी हुँदै न्यु होराइजन मावि फाईन प्रवेश गरेको छ । बुधबार हुने दोस्रो सेमिफाईनलमा आयोजक एभरेष्ट मावि र कान्ति मावि भिड्ने छन् । दोस्रो सेमिफाईनलको विजेता टिमले फाईनलमा न्यु होराईजनको सामना गर्ने खेल संयोजक अर्जुन घिमिरेले जनकारी दिए ।

प्रतियोगिता अन्तरगत मंगलबार क्वाटरफाइनलका खेल भएका हुन् । मंगलबार भएको पहिलो खेलमा दीप बोर्डिङलाई दुई शुन्यको सेटमा हराउँदै कुवँरवर्ती मावि विजयी बन्यो । यस्तै दोस्रो खेलमा होराइजनले ग्रीन प्लान्टलाई दुई शुन्यकै सेटमा हरायो भने तेस्रो खेलमा देवदह मदरटङ्सलाई आयोजक एभरेष्ट माविले सोझै सेटमै हरायो । त्यसैगरी देवदह बुद्धपब्लिकलाई दुई एकको सेटमा हराउँदै कुवँरवर्तीले अघिल्लो यात्रा सुरक्षित बनायो । अर्काे खेलमा कान्ति माविले सगरमाथा माविलाई हराउँदै सेमिफाईनमा प्रवेश गरेको खेल संयोजक घिमिरेले जानकारी दिए ।

प्रतियागिताको उपाधि विजेता टिमले नगद तीस हजार, शिल्ड तथा प्रमाणत्र हात पर्ने छ । यस्तै उपविजेता टिमले बिस हजार नगद, शिल्ड र तृतीय हुनेले दश हजार नगद शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले बताए । सोमबारदेखि सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्लाभरीका डेढ दर्जन सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडि विद्यार्थीको टिमले प्रतिस्प्रर्धा गरेका छन् ।

खेलाडी विद्यार्थीको खेलप्रतिको रुचिलाई बाहिर निकाल्न र राम्रा खेलाडी उत्पादन गर्ने एभरेष्टले प्रत्येक वर्ष भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए । उनका अनुसार जिल्लास्तरीय भलिबलसँगै विद्यालयमा खेलकुद सप्ताह जारी रहेको र त्यसमा विभिन्न विधाका खेलकुदमा प्रारम्भिकदेखि मावि तहका झण्डै दुई हजार विद्यार्थीले प्रतिस्प्रर्धा गरि रहेका छन् । गत वर्ष भएको दशौ जिल्लास्तरीय भलिबलमा न्यु होराइजन मावि विजेता र कालिका मानवज्ञान मावि उपविजेता बनेको थियो । प्रतियोगिताको फाईनल खेलको समापन बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले गर्नेे कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : १२ बजे

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा

त्रिभुवन विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं । खाडी क्षेत्रमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान

सर्वोच्च नेता खामेनीको हत्या भएको दाबीपछि इरानको कडा चेतावनी, बदला लिने घोषणा

तेहरान । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या