२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा यात्रुले आपतकालीन ढोका खोलेपछि उडान स्थगित



भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान स्थगित गरिएको छ । आज निर्धारित उडान नं. ८५२ (एन(एएमडी) मा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेपछि उडान स्थगित गरिएको हो ।

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको तथा पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमा मागेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १२ : ४१ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको