२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय



काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध विभिन्न जिल्ला अदालतहरूमा दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने निर्णय गरेकी छिन् ।

महान्यायाधिवक्ता भण्डारीले रविले दिएको निवेदन अनुसार यी २ कसुरमा मुद्धा फिर्ता गर्ने निर्णय गरेकी हुन् । यससँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सास्थित सरकारी वकिल कार्यालयहरूले ती अभियोग फिर्ता प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।

लामिछानेका तर्फबाट असोजको पहिलो साता महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा मुद्दा फिर्ताका लागि निवेदन दर्ता गरिएको थियो। सो समय उनी सहकारीको रकम दुरुपयोगसम्बन्धी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका थिए। पुस ३ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

२०८१ पुस ७ गते कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखी लामिछानेको सांसद पद निलम्बन गर्न आग्रह गरेको थियो, जसको आधारमा सभामुखले सूचना प्रकाशित गरी निलम्बनको जानकारी सार्वजनिक गरेका थिए। सो निर्णय सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ अनुसार स्वतः निलम्बनको प्रावधानमा आधारित रहेको बताइएको थियो।

हाल महान्यायाधिवक्ता कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ प्रयोजन गरेर लामिछानेविरुद्धको संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको हो।

महान्यायाधिवक्ताको यो निर्णयसँगै अब रवि सांसद र मन्त्री बन्न पाउने भएका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ३९ बजे

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा