२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।

बिहीबार नेकपा महासचिव चन्द र जेनजी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार सर्वपक्षीय सहमतिको आधारमा अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने निर्णय गरिएको छ।

यस्तै, जेनजी विद्रोहका मागहरू पूरा गराउन आन्दोलन गर्ने, जनआन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधनको पहल गर्ने, स्थिर सरकार निर्माण, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने सहमतिमा उल्लेख छ।

स्मरणीय छ, ढुंगानाले आगामी फागुन २१ मा निर्वाचन गर्न नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । त्यसको ठिक विपरीत चन्द भने रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा उम्मेदवार बन्ने तयारीमा छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ४ : ५९ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र