१ माघ २०८२, बिहिबार | January 15, 2026

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।

बिहीबार नेकपा महासचिव चन्द र जेनजी समूहका संयोजक ढुंगानाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिअनुसार सर्वपक्षीय सहमतिको आधारमा अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने निर्णय गरिएको छ।

यस्तै, जेनजी विद्रोहका मागहरू पूरा गराउन आन्दोलन गर्ने, जनआन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधनको पहल गर्ने, स्थिर सरकार निर्माण, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने सहमतिमा उल्लेख छ।

स्मरणीय छ, ढुंगानाले आगामी फागुन २१ मा निर्वाचन गर्न नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । त्यसको ठिक विपरीत चन्द भने रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा उम्मेदवार बन्ने तयारीमा छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ४ : ५९ बजे

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र